तेलको ट्याङ्करभित्र रहेको ३ सय ९२ किलो गाँजासहित दुईजनालाई पक्राउ

सेयर गर्नुहोस्

२२ असोज,काठमाडौं- मकवानपुर प्रहरीले तेलको ट्याङ्करभित्र रहेको ३ सय ९२ किलो लागुऔषध गाँजा बरामद गरेको छ ।प्रहरीले हेटौंडा उपमहानगरपलिका वडा नम्बर १५ रातोमाटेबाट गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।

प्रहरीले ट्याङ्कर चालक मकवानपुर मनहरी गाउँपालिका वडा नं। ९ ज्यामिरे २६ वर्षीय रोशन पुरी र सहचालक सोही स्थानका २२ वर्षीय धनबहादुर मल्ललाई पक्राउ गरेको हो ।मकवानपुरको थाहा नगरपालिकाको पालुङबाट बिरगंजतर्फ जादै गरेको ना ७ ख १७७१ को ट्याङकर गाडीलाई जाँच गर्ने क्रममा ठूलो परिणामको गाँजा बरामद गरेकोप्रहरीले  जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *