नेपालले आयोजना गर्ने साफ महिला च्याम्पियनसिप २०२४ को तयारी अन्तिम चरणमा

सेयर गर्नुहोस्

२२ असोज,काठमाडौं-आगामी कात्तिक १ देखि १४ सम्म काठमाडौंको दशरथ रंगशालामा साफ महिला च्याम्पियनसिप २०२४ आयोजना हुँदैछ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) को तालिका अनुसार अखिल नेपाल फुटवल संघ (एन्फा) ले प्रतियोगिता आयोजना गर्न लागेको हो।

नेपालले लगातार तेस्रो पटक साफ महिला च्याम्पियनसिप आयोजना गर्न लागेको हो। यसअघि नेपालले सन् २०२२  र २०१९ मा पनि प्रतियोगिता आयोजना गरेको थियो। दुवै संस्करणमा नेपाल उपविजेतामा सीमित बनेको थियो।प्रतियोगितामा आयोजक नेपालसहित माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भारत, भुटान र बंगलादेशले सहभागिता जनाउँदैछन्।

प्रतियोगितामा सहभागी टोलीलाई एन्फा कम्प्लेक्सको खेल मैदान, नेपाली सेनाको भद्रकाली र लगनखेल खेल मैदान र सेन्ट जेभियर स्कुलको खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ।  प्रतियोगिताको  तयारी अन्तिम चरणमा पुगेको एन्फाले जनाएको छ।

प्रतियोगिताको अनुमानित बजेट ४ करोड ६० हजार रुपैयाँ बढी (३,०८,१६० अमेरिकी डलर) रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *