भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दुईजना वैज्ञानिकलाई दिईने

सेयर गर्नुहोस्

२२ असोज, काठमाडौं-यस वर्षका लागि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी अनुसन्धानका लागि दुईजना वैज्ञानिकलाई संयुक्त रुपमा दिने घोषणा नोबेल कमिटीले गरेको छ ।

अमेरिकी वैज्ञानिक जोन जे हक्फिल्ड र ब्रिटिस क्यानडेली वैज्ञानिक जफ्री इ हिल्टनलाई ‘आर्टिफिसल न्युरल नेटवर्क मार्फत् मसिन लर्निङलाई सक्षम बनाउनेतर्फ आधारभूत खोज तथा आबिस्कार गरेकोमा’ उक्त पुरस्कार दिने निर्णय गरिएको नोबेल कमिटीले जानकारी दिएको छ।

नोबेल पुरस्कारबापत ११ मिलियन स्विडिस क्रोनर प्राप्त हुन्छ। यो पुरस्कार स्विडेनको स्टकहोममा दिने गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *