‘बेहुली फ्रम मेघौली’ बिहीबार देखि सिनेमा घरबाट निकालिने

सेयर गर्नुहोस्

३० असोज,काठमाडौं- घटस्थापनाबाट प्रदर्शनमा आएको फिल्म ‘बेहुली फ्रम मेघौली’ बिहीबार (भोलि) बाट सिनेमा घरबाट निकालिने भएको छ । हलहरुको शो बाडफाँटमा असन्तुष्टि जनाउँदै फिल्मका निर्माता निश्चल बस्नेतले फिल्म हलबाट उतार्ने निर्णय लिएका हुन् ।

हलको विकल्पमा उनले फिल्मलाई ओटीटी प्ल्याटफम ‘एमएसएम भिडियो’ एपमा सार्वजनिक गर्ने जनाएका छन् ।उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अक्टोबर १७ बाट हाम्रो फिल्म नेपालको सबै हलबाट नलगाउने निर्णय गरेका छौं ।’

फिल्म ओटीटीमा चाँडै सार्वजनिक हुने बताए पनि उनले मिति भने उल्लेख गरेका छैनन् । ओटीटीमा अमेरिका, जापान, क्यान्डा र सिंगापुरका दर्शकले भने हेर्न नपाउने उनले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *