प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ दाखिला

सेयर गर्नुहोस्

१ कार्तिक, काठमाडौं-  प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ दाखिला भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार असोज ३० गतेसम्म कोषमा  सो रकम दाखिला भएको हो ।

कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ । असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित दश सङ्गठित संस्थाले रकम प्रदान गरेका छन् ।साल्ट ट्रेडिङ कर्पोरेशनले ६१ लाख, गैरआवासीय नेपाली सङ्गठनले ५१ लाख तथा राष्ट्रिय समाचार समितिले तीन लाख २६ हजार रुपैयाँ राहत कोषमा दाखिला गरेका छन् ।

यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत उत्पादन कम्पनीलगायत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *