गौशाला/धर्मशालाबारे पशुपति क्षेत्र विकास कोषको अघिल्लो निर्णय कार्यान्वयनमा भइरहेका कार्य रोक्न निर्देशन

सेयर गर्नुहोस्

 १ कार्तिक,काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौशाला/धर्मशालाबारे पशुपति क्षेत्र विकास कोषको अघिल्लो निर्णय कार्यान्वयनमा भइरहेका कार्य रोक्न निर्देशन दिएको छ।

कात्तिक ४ गते आइतबार बिहान ९ बजे पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदको बैठक बसेर यसबारे थप छलफल गर्ने पनि मन्त्रालयले भनेको छ।मन्त्रालयले कोषका सदस्य–सचिवलाई बुधबार चिठी लेखेर उक्त निर्देशन दिएको हो। संस्कृतिमन्त्री कोष सञ्चालक परिषदको अध्यक्ष रहने व्यवस्था छ।

‘पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदको २०८१ असोज २० गते बसेको बैठकको निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा त्यहाँबाट भए–गरेका कार्यले आराध्यदेव भगवान पशुपतिनाथको पवित्र क्षेत्रको शान्ति सुरक्षामा समस्या उत्पन्न भएको बुझिएकाले … अर्को बैठकबाट निर्क्योल नभएसम्म स्थगन गराउनू,’ मन्त्रालयले कोषलाई लेखेको चिठीमा भनेको छ।

कोष सञ्चालक परिषदको असोज २० को बैठकले ‘सरकारी निकायसँग समन्वय गरी गौशाला/धर्मशाला व्यवस्थापन गर्ने’ निर्णय गरेको थियो।त्यसै आधारमा कोषले असोज २२ गते गौशाला/धर्मशाला व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकासँग सहमति गर्‍यो। लगत्तै काठमाडौं महानगरले गौशाला/धर्मशालामा नगर प्रहरी बल परिचालन गरेर त्यसका सञ्चालक मारवाडी सेवा समितिको बोर्ड हटायो र आफ्नो बोर्ड टागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *