राष्ट्रपति पौडेलद्धारा बडीमालिका मन्दिरको दर्शन एवं पूजाअर्चना

सेयर गर्नुहोस्

१ कार्तिक,काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवं पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित आज बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका–९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका र प्रसाद ग्रहण गरेका हुन् ।

प्रसिद्ध धार्मिकस्थल एवम् शक्ति पीठ बडीमालिका मन्दिरमा पूजा एवं दर्शनका लागि टाढाटाढादेखि भक्तजन आउने गर्दछन् ।राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका– ७ मा रहेको नाट्यश्वरी मन्दिरको नवनिर्मित भवन उद्‌घाटन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल बुधबार अपराह्न सुर्खेत आएका थिए । उनी आजै काठमाडौं फर्किने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *