थाङथिलो सडक,सवारी चाप र कष्टकर बिपि राजमार्गको यात्रा

सेयर गर्नुहोस्

१ कार्तिक, काठमाडौं बडादशैंको समापनसंगै उपत्यका फर्कने यात्रुहरूको संख्या बढेसँगै बीपी राजमार्गमा सवारी चाप बढेको छ ।  

बाढीपहिरोका कारण ठाँउ क्षतिग्रस्त रहेको राजमार्गमा सवारी चाप बढेका कारण यात्रा कष्टकर बनेको छ । बाढीपहिरोले सडक नै बगाएपछि खोलाको किनारमा डाइभर्सन बनाएर सवारी आवागमन सुचारू गराइएको छ । तर डाइभर्सन गरि बनाइएको सडकको अवस्था राम्रो नभएको र केही स्थानमा एकतर्फी भएका कारण सवारी सधान लामो जाममा पर्ने गरेका छन् । दशैंको अगाडि सडक बगाएपछि सडक डिभिजनले यात्रुहरूको सहजताका लागि छिटो छिटो डाइभर्सन निर्माण गरेको थियो ।

बाढीले क्षतिग्रस्त बनाएको काभ्रेको चौकीडाँडामा डाइभर्सन लामो भएका कारण समस्या भएकाले सम्भव भएसम्मको सडक सुधारको काम गरेको सडक डिभिजन भक्तपुरले जनाएको छ । सडक सुधारका लागि उक्त सडकखण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द गरिएको छ ।

केही दिनमा सवारी चाप क्रमश घट्दै जाने भएकाले त्यसपछि सडकको सुधार र मर्मतको कामलाई थप तीव्रता दिने सडक डिभिजनको भनाइ छ ।बाढीपहिरोका कारण बीपी राजमार्गको चौकीडाँडादेखि बर्खेखोलासम्मको मुख्य सडक पूर्ण रुपमा क्षति भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *