प्यालेस्टाइन र लेबनानमाथि इजरायलले गरेको आक्रमणको विरोध गर्दै प्रदर्शन

सेयर गर्नुहोस्

१ कार्तिक, काठमाडौं प्यालेस्टाइन र लेबनानमाथि इजरायलले गरेको आक्रमणको विरोध गर्दै अनेरास्ववियु क्रान्तिकारीले प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको माइतीघरमा अनेरास्ववियु क्रान्तिकारी क्याम्पस जिल्ला समितिले प्यालेस्टिनी र लेबनानी सर्वसाधारणमाथिको आक्रमण रोक्नुपर्ने भन्दै विरोध प्रदर्शन गरेको हो । सबै नागरिकको मानवअधिकारको सम्मान हुनुपर्ने संगठनले जनाएको छ ।

अनेरास्ववियु क्रान्तिकारी सबै प्रकारको दमनको विरोधमा रहेको भन्दै, संगठनले विपिन जोशीको रिहाइका लागि गम्भीरतापूर्वक पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराएको  जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *