सभापति पक्राउ पर्ने आशंकामा रास्वपा नेताहरु पार्टी केन्द्रीय कार्यालयमा भेला

सेयर गर्नुहोस्

२ कात्तिक, काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन् ।

पार्टी सभापति, पदाधिकारीहरु र काठमाडौमा उपलब्ध केन्द्रीय सदस्यहरु कार्यालयमा रहेको एक नेताले जानकारी गराए । सभापति रवि लामिछानेलाई विधिसंगत तरिकाले प्रहरीले पक्राउ गरेमा विरोध नहुने उनले बताए।

पक्राउ गर्न प्रहरी आयो भने प्रतिवाद गर्ने पार्टीको तयारी छैन । कानुन सबैले मान्नुपर्नेमा हामी सचेत छौं,’ केन्द्रीय कार्यालयमा रहेका नेताले भने । नेताहरु सभापति लामिछानेको कार्यकक्षमा रहेको उनले जानकारी गराए।

६ असोजमा पूर्व डिआइजी छबिलाल जोशी पक्राउ परेपछि रास्वपाले सर्कुलर जारी गरेर नेता कार्यकर्तालाई कार्यालयमा आउन आव्हान गरेको थियो । कदाचित् प्रहरीले सभापति लामिछानेलाई पक्राउ गरेमा कार्यकर्तालाई कार्यालयमा उपस्थित हुन आव्हन नगरिने उनले बताए।

‘स्वतस्फूर्त रुपमा कार्यकर्ताहरु आउन सक्नुहुन्छ। पार्टीले भेला हुन भनेर बोलाउँदैन,’ उनले भने,‘दुर्गा प्रसाई पक्राउ पर्दा त उनका समर्थक उत्रिन्छन् भने हाम्रो सभापति पक्राउ पर्नुभयो भने कार्यकर्ता÷शुभेच्छुकहरु विरोध स्वतस्फूर्त गर्नसक्छन् । विरोध गर्नका लागि आव्हान गरेका छैनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *