लामिछानेलाई न्यायाधीश नबराज दाहालको इजलासमा पेश गरिने

सेयर गर्नुहोस्

४ कार्तिक,काठमाडौं- सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका रवि लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नबराज दाहालको इजलासमा पेश गरिने भएको छ।जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धानका लागि पक्राउ परेका लामिछानेलाई अदालतमा उपस्थित गराउदै। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद अनुमतिका लागि दाहालको इजलासमा पेश गरिएको छ ।

शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई सोही रात पोखरा ल्याइएको थियो। शनिबार सरकारी बिदा हुने भएकाले आज आइतबार उनलाई अदालत उपस्थित गराउन लागेको प्रहरीले बताएको छ।गोर्खा मिडिया प्रालिद्धारा संचालित ग्यालेक्सी टेलिभिजनका संचालक एवं प्रबन्ध निर्देशक रहेका बेला लामिछाने सहितको टोलीले विभिन्न सहकारीबाट ६५ करोड रुपैया गैरकानुनी रुपमा लगेको र उक्त रकमको अधिकांश हिस्सा लामिछानेले खर्च गरेको संसदीय छानविन समितिको निष्कर्ष छ।

संसदीय छानविन समितिले कारबाही सिफारिस गरेपछि लामिछाने विरुद्ध ८ महिना अघि परेको जाहेरी प्रहरीले अघि बढाएको हो। पोखराको सुर्यदर्शन सहकारीबाट मात्र १७ हजार ८ सय बचतकर्ताले राखेको १ अर्ब ३५ करोड रुपैया अपचलन भएको पोखरा महानगरपालिकाको छानविनले देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *