साम्पाङले वडाध्यलाई दिएको कार्यवाहक मेयरको जिम्मेवारी उच्च अदालतद्धारा बदर

सेयर गर्नुहोस्

५ कार्तिक, काठमाडौं-धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) यतिबेला परिवारसहित बेलायतमा व्यक्तिगत भ्रमणमा व्यस्त छन् । यता धरानमा उनले कार्यवाहक मेयर तोकेको लिखित पत्र बेवारिस बनेको छ ।

बेलायत भ्रमणमा जानुअघि उनले कार्यवाहक मेयरको जिम्मेवारी उपमेयर आइन्द्रविक्रम बेघाको साटो धरान–११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई तोके ।भएका मेयर साम्पाङ बेलायतमा छन्, उनले तोकेका कार्यवाहक मेयरको औचित्य उच्च अदालत विराटनगरले उत्प्रेषणयुक्त परमादेश जारी गर्दै खारेज गरिदिएको छ ।उपमेयरलाई नजरअन्दाज गर्दै वडाध्यलाई अधिकार प्रत्यायोजन गरी का.वा. (कार्यवाहक) मेयर ताकेर दिएको पत्र विराटनगरस्थित उच्च अदालतको उत्प्रेषणयुक्त परमादेशले बदर गरीदिएको छ।

उपमहानगरपालिकामा कानूनी सल्लाहकार हुँदाहुँदै परामर्श नै नगरी साम्पाङले कार्यवाहक तोक्दा निम्तिएको कानूनी उल्झनका कारण धरान उपमहानगर यतिखेर मेयरविहीन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *