भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार रुस जाने

सेयर गर्नुहोस्

५ कार्तिक, काठमाडौं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार फेरि रुस जाने भएका छन् । यसअघि मोदी गत जुलाई ८ मा पहिलोपल्ट रुस गएका थिए । उनी १६ औँ ब्रिक्स समिटका लागि मंगरबार रूस जान लागेका हुन् ।

भारतीय प्रधानमन्त्री मोदी अक्टोबर २२–२३ मा रूसको कजानमा आयोजित ब्रिक्स समिटमा सहभागी हुने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।समिटमा चीनका राष्ट्रपति शी जिनपिङ पनि जाने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति जिनपिङबीच द्विपक्षीय भेटघाट हुने सक्ने बताएको छ । 

तर, भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा दुवै मुलुकका राष्ट्राध्यक्षबीच द्विपक्षीय भेटघाटको पुष्टि नगरेको बीबीसीको हिन्दी अनलाइन संस्करणले उल्लेख गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *