छविलाललाई सुप्रिम सहकारीको बयानका लागि रुपन्देही लगियो

सेयर गर्नुहोस्

५ कात्तिक, काठमाडौं-सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि रुपन्देही लगिएको छ ।जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई सोमबार रुपन्देही पठाइएको कास्कीका एसपी श्यामबाबु ओलियाले  बताएका छन ।

कास्की प्रहरीको हिरासतमा रहेका जोशी गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक मध्येका एक हुन् । विभिन्न सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर दुरुपयोग गरेको आरोप उनीमाथि लागेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा हिरासतमा रहेका जोशी बुटवलको सुप्रिम सहकारीको बयानका लागि रुपन्देही लगिएको हो । सुुप्रिमको मुद्दा यसअघि नै अदालत पुगिसेकेको छ । जोशी लगायतका व्यक्तिको संलग्नता खुलेको बखत पुरक अभियोजन बनाएर पुनः मुद्दा लग्ने बाटो भने खुल्ला रहेको छ । सोही प्रयोजनका लागि सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि जोशीलाई रुपन्देही लगिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *