आजदेखि बीपी राजमार्गमा २४सै घण्टा सवारीसाधन चलाउन पाइने

सेयर गर्नुहोस्

७ कात्तिक, काठमाडौं– बीपी राजमार्गमा आजदेखि २४सै घण्टा सवारीसाधन चलाउन पाइने भएको छ ।

सडक डिभिजन कार्यालय भक्तपुरले आज सूचना जारी गर्दै आजदेखि २४सै घण्टा धुलिखेल-भकुण्डेबेसी सडकखण्डमा सवारीसाधन चलाउन पाइने जनाएको हो ।बीपी राजमार्गमा ट्र्याक निर्माण गरी साना सवारीसाधन दुईतर्फी सञ्चालनमा आएको छ ।

यसअघि बाढीपहिरोका कारण बीपी राजमार्गमा असोज ३० गतेदेखि बेलुकी ६ बजेदेखि बिहान ४ बजेसम्म राति १० घण्टा सवारीसाधन चलाउन बन्द गर्ने निर्णय गरेको थियो । उक्त खण्डमा सुख्खा पहिरो तथा खोला बगरमा ट्रयाक भएको, तथा बिभिन्न स्थानमा सडक साघुरो भएकोले सवारी साधन चलाउन रोक लगाइएको थियो ।विरल वर्षा र बाढीपहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेंसी वर्षेखोला खण्ड काभ्रेको करिब ८ किलोमिटरभन्दा बढी लम्बाईको सडक पूर्ण रुपमा बगाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *