महिला अपहरणमा परेको सुचनामा अनुसन्धान सुरु

सेयर गर्नुहोस्

७ कात्तिक, काठमाडौं – काठमाडौंको कोटेश्वरबाट एक जना महिला अपहरणमा परेको भन्दै प्रहरीसमक्ष सूचना पुगेको छ ।बन्धक बनाएर फिरौती मागेको भन्ने सूचना पाएपछि अपराध अनुसन्धान कार्यालय, टेकुको टोली अनुसन्धानमा परिचालित भएको छ ।

प्रहरी स्रोतका अनुसार, कोटेश्वरबाट अपहरण गरेर ती महिलालाई ललितपुरमा राखिएको प्रारम्भिक सूचना आएको छ । प्रारम्भिक जाँचमा वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर ठगी गरेको विषय यो घटनासँग जोडिएको हुनसक्ने देखिएको प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *