राजेन्द्र महतोले राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि निर्वाचन आयोगमा दिए निवेदन

सेयर गर्नुहोस्

 ९ कार्तिक, काठमाडौं- राजेन्द्र महतोले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।शुक्रबार महतोले राष्ट्रिय मुक्ति पार्टी, नेपाल दर्ताका लागि आयोगमा निवेदन दिएका हुन् ।

पार्टीको अध्यक्षमा महतो रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालमा १७३ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ भने चुनाव चिह्न माछा मागिएको छ ।निवेदनमा हाल अध्यक्ष बाहेकका अन्य पदाधिकारी प्रस्ताव गरिएको छैन ।अध्यक्ष महतो लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अलग भएर आफ्नो नेतृत्वमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेका थिए ।अब दल नै दर्ता गरेर अगाडि बढ्ने निष्कर्षमा उनी पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *