कमलाको प्रचारमा मिसेल

सेयर गर्नुहोस्

११ कार्तिक,काठमाडौं- अमेरिकाकी पूर्वराष्ट्रपति बाराक ओबामाकी पत्नी मिसेल ओबामाले पहिलो पटक कमला ह्यारिसको पक्षमा चुनावी प्रचार गरेकी छन् ।डेमोक्रेटिक पार्टीकी उम्मेदवार ह्यारिसको चुनावी अभियानमा पहिलो पटक सहभागी हुँदै मिसेल ओबामाले अमेरिकीहरूलाई देशको रक्षाका लागि मतदान गर्न अपिल गरिन् ।

ओबामाले डोनाल्ड ट्रम्पको धम्कीबाट देशलाई जोगाउन आफ्नो मत दिनुपर्ने बताइन् । ओबामाले अमेरिकी चुनावमा ह्यारिस र ट्रम्पबिच कडा प्रतिस्पर्धा रहेको पनि स्वीकार गरेकी छन् ।मिसिगनको अर्को कार्यक्रममा डोनाल्ड ट्रम्पले राज्यको अटोमोटिभ क्षेत्रले नयाँ सास फेर्ने बताए। यससँगै ट्रम्पले मिसिगनमा अरब-अमेरिकी समुदायलाई भेटे। भेटपछि ट्रम्पले भने, ‘अरब-अमेरिकी समुदायले चुनावलाई परिवर्तन गर्न सक्छ।” मिसिगनमा ट्रम्प र ह्यारिसबिच कडा प्रतिस्पर्धा हुने पनि सर्वेक्षणले देखाएको छ । तर, मिसिगनमा ह्यारिस रिपब्लिकन उम्मेदवार ट्रम्पभन्दा अगाडि छिन् । यद्यपि यो भिन्नता एकदम सानो छ। मिसिगनसँग १५ इलेक्टोरल कलेज भोटहरू छन् र यो राज्यले कुनै पनि उम्मेदवारलाई निर्णायक नेतृत्व दिन सक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *