१५ हजार सिट क्षमताको दशरथ रंगशालामा १८ हजारभन्दा बढी उपस्थित

सेयर गर्नुहोस्

१२ कात्तिक, काठमाडौं –साफ वुमन्स च्याम्पिनसिप अन्तर्गत आइतबार बेलुका नेपाल र भारतबीच भएको सेमिफाइनल खेल हेर्न दशरथ रंगशालाको फुटबल मैदानमा १८ हजारभन्दा बढी उपस्थित भएको पाइएको छ ।

आयोजकको रिपोर्ट अनुसार १८ हजार ९ जना उपस्थित थिए । दशरथ रंगशालाको क्षमता भने १५ हजार हो । यसअनुसार नेपाल र भारतबीचको खेल हेर्नेहरु रंगशालाको क्षमताभन्दा बढी थिए । रंगशालाको भीआईपी तथा साधारण सबैतिरका प्याराफिट भरिभराउ थियो ।सिटमा नअटेर मान्छे हिँड्ने ठाउँमा पनि दर्शक थिए भने बस्ने ठाउँ नपाएर उभिएका थिए । मिडियाका लागि छुट्याइएको ठाउँमा समेत दर्शकहरू खचाखच थिए ।

सो खेलमा नेपालले भारतलाई ट्राइबेकरमा ४-२ गोल अन्तरले  हराएको थियो । नेपालले अब उपाधिका लागि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।आइतबार नै बंगलादेशले भुटानलाई ७-१ ले हराउँदै फाइनल प्रवेश गरेको थियो । फाइनल खेल बुधबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *