जापानको टोकियोस्थित नेपाली दूतावासले राहदानी र कन्सुलर घुम्ती सेवा सञ्चालन गर्ने

सेयर गर्नुहोस्

१२ कात्तिक, काठमाडौं – जापानको टोकियोस्थित नेपाली दूतावासले विभिन्न सहरमा घुम्ती सेवा सञ्चालन गर्ने भएको छ ।राहदानी तथा कन्सुलर सेवा प्रदान गर्न नोभेम्बरमा घुम्ती सेवा सञ्चालन गर्न लागेको दूतावासले जनाएको छ ।

घुम्ती सेवा सिजुओका, सेन्डाइ र नागोयामा सञ्चालन हुनेछ । दूतावासका अनुसार सिजुओकामा नोभेम्बर ९ र १० मा बिहान १० देखि ५ बजेसम्म शिविर सञ्चालन हुनेछ भने नागोयामा ११, १२ र १३ शिविर सञ्चालन गरिने दूतावासले जनाएको छ ।

यस्तै, सेन्डाइमा १४ र १५ तारिखमा शिविर सञ्चालन हुनेछ । यहाँको शिविरबाट फुकुसिमा प्रान्तमा रहेका नेपालीले पनि सेवा लिन सक्नेछन् ।शिविरमा सेवा लिनका लागि फाराम भर्ने व्यवस्था गरिने र त्यसबारे थप जानकारी गराइने दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *