बम राखिएको सूचनापछि दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा सर्च

सेयर गर्नुहोस्

१२ कात्तिक, काठमाडौं । काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएपछि एयरपोर्टमा सुरक्षा सतर्कता बढाइएको छ । सोमबार अपरान्ह दिल्ली उड्न लागेको उक्त जहाजमा बम रहेको सूचना आएपछि अहिले नेपाली सेना र नेपाल प्रहरीले संयुक्त सर्च थालेका छन् । उक्त जहाज सवा ३ मा त्रिभुवन विमानस्थल अवतरण भएको थियो । पौने ४ बजेको उडान रहेको उक्त जहाजमा केही यात्रु चढेपछि उडान रोकेर चेकजाँच भइरहेको विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *