२२ कार्तिक, काठमाडौं – ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर निर्माण सम्पन्न हुन अझै तीन महिना लाग्ने भएको छ । फ्लाइओभर निर्माणका अधिकांश काम अन्तिम चरणमा पुगे पनि यातायात सञ्चालनमा ल्याउन अझै तीन महिना लाग्ने देखिएको हो ।
यसअघि वर्षाका कारण रोकिएको फ्लाइओभर निर्माणकार्य पुनः सुरु भएको छ । ठेकेदार कम्पनीले निर्माणमा देखाएको ढिलासुस्तीका कारण निर्माण कार्य तोकिएको समयमा सम्पन्न हुन सकिरहेको छैन ।
हाल मुख्य पुलतर्फ माथि जाने स्ल्याब ढलान लगायतका काम भइरहेको छ ।सडक विभाग अन्र्तगत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाका अनुसार फ्लाइओभरमा मुख्य पुलतर्फ माथि जाने स्ल्याबको ढलान भइसकेको छ । त्यसको दायाँ–बायाँ ‘ब्यारियर’ वाल राख्ने काम पनि अघि बढेको छ । त्यस्तै, पहुँच सडकसम्म ¥याम्प निर्माण पनि अघि बढेको छ ।‘ग्वार्को फ्लाइओभरको निर्माण अन्तिम चरणमा छ । वर्षा नभएको भए दशैंसम्म सम्पूर्ण निर्माण सक्ने योजना थियो,’ उनले भने, ‘तर, असोज लागेसँगै देशभर पानी परेकाले बाँकी काम अघि बढ्न सकेन ।’