बार्सिलोनाको जितसँगै लेवान्डोस्की बने च्याम्पियन्स लिगमा सय गोल गर्ने तेस्रो खेलाडी

सेयर गर्नुहोस्

२२ कार्तिक, काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको बुधबार भएको खेलमा बार्सिलोनाले रेड स्टार बेलग्रेडलाई ५-२ ले हराएको छ।बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । यो दुई गोलसँगै लेवान्डोस्कीले सिजनका सबै प्रतियोगितामा गरेर १६ खेलमा १९ गोल गरेका छन्।

उनी लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोपछि च्याम्पियन्स लिगमा सय गोल गर्ने तेस्रो खेलाडी समेत बनेका छन्।१३ औँ मिनेटमा इनिगो मार्टिनेजले गरेको गोलको विरुद्धमा रेडस्टारका सिलास काटाम्पे एमबुपाले गोल गरेका थिए।मध्यान्तरको ठिक अघि लेवान्डोस्कीले बार्सिलोनालाई दोस्रो पटक अग्रता दिलाएका हुन्। दोस्रो हाफको सुरुवातमा लेवान्डोस्की र राफिन्हाले गोल गरे। फर्मिन लोपेजले बार्सिलोनाका लागि थप गोल गरे। वैकल्पिक खेलाडी मिलसनले रेडस्टारका लागि अन्तिम गोल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *