40
सिरहा । नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् । सिरहाको गोलबजारमा सोमबार आयोजित कार्यक्रमबीच थपलियासहितका एमाले नेता, कार्यकर्ता रास्वपामा भित्रिएका हुन् ।
उनीहरूलाई रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले पार्टीमा स्वागत गरे । थापा २०७९ को निर्वाचनमा खस आर्यतर्फकी समानुपातिक सांसद हुन् । लामो समय एमालेमा सक्रिय थपलियाले केही समयअघि मात्रै एमाले सिरहा जिल्लामा ‘परिवारवाद’ हाबी भएको बताएकी थिइन्।