२७ कार्तिक,काठमाडौं- सहकारी ठगी र संगठित अपराध कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय रूपन्देही लगिएको छ।
पोखराबाट जहाजमार्फत् लामिछानेलाई मंगलबार भैरहवा पुर्याएर त्यहाँबाट बुटवल ल्याइएको हो।उनीमाथि बुटवलको सुप्रिम सहकारीको रकम अपचलनसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो।
लामिछानेलाई भैरहवा पुर्याउँदा विमानस्थल बाहिर रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका थिए। लामिछानेलाई प्रहरीले गत कात्तिक २ गते पक्राउ गरेको थियो। कास्की अदालतबाट चार पटकसम्म म्याद लिई उनीमाथि अनुसन्धान भइरहेको छ।
लामिछानेलाई बयानका लागि रुपन्देही ल्याउने भएपछि बिहानैदेखि रुपन्देहीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थल वरपर नेपाल र प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ । यस्तै सरकारी वकिलको कार्यालय र अदालत प्रवेश केही क्षेत्रमा व्यारिगेड लगाएर बन्द गरेको छ ।