बागमतीमा विनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिनका लागि मन्त्रालय फुटाएर १४ मन्त्रालय बनाइयो

सेयर गर्नुहोस्

२७ कार्तिक,काठमाडौं- बागमती प्रदेशमा मन्त्रालय फुटाएर १४ पुर्‍याइएको छ । प्रदेशको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले विनाविभागीय मन्त्री मधुकुमार श्रेष्ठलाई जिम्मेवारी दिनका लागि एक मन्त्रालय फुटाइएको हो ।

पर्यटन संस्कृति तथा सहकारी मन्त्रालय फुटाएर श्रेष्ठलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।सयदिनभन्दा बढी विनाविभागीय मन्त्री भएका श्रेष्ठले अब सहकारी तथा गरिबी मन्त्रालय पाएका छन् । यससँगै बागमती प्रदेशमा १४ मन्त्रालय भएका छन्। यसअघि १३ मन्त्रालय थिए ।

यससँगै बागमती प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री सहित ८ र एमालेबाट ६ जान मन्त्री बनेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *