बद्रीप्रसाद पाण्डेले दुई करोड रुपैयाँ घुस लिएको कांग्रेस सांसद राजेन्द्र बजागाईंको आरोप

सेयर गर्नुहोस्

२७ कार्तिक, काठमाडौं-  नेपाली कांग्रेसका सह-महामन्त्री एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे उनकै दलका एकजना सांसदले क्यासिनोको इजाजत दिने क्रममा २ करोड रुपैयाँ घुस लिएको आरोप लगाएका हुन् ।रुपन्देहीको भैरहवास्थित रोयल टाइगर रिक्रिएसनद्वारा सञ्चालित क्यासिनोको इजाजत दिने क्रममा मन्त्री पाण्डेले सञ्चालकसँग २ करोड रुपैयाँ घुस लिएको आरोप कांग्रेस सांसद राजेन्द्र बजागाईंले लगाएका हुन् ।

पाण्डेले क्यासिनो लाइसेन्स दिँदा मागेकोको दुई करोड रुपैयाँ घुस क्यासिनो सञ्चालक रवि धितालले बुझाएको गुनासो आफूलाई गरेको सांसद बजागाईंले बताएका छन् ।बजगाईले, ‘डेरामा बस्ने नेता मन्त्री बन्नासाथ  कसरी घर किन्छ भनेर प्रश्न गरेका छन् । उनले क्यासिनो २०७४ मा टाइगर प्यालेस र २०८१ साउन ११ मा रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालन इजाजतपत्र जारी गरेको पत्र पनि सार्वजनिक गरेका छन् ।

उता मन्त्री पाण्डेले कांग्रेस सांसदबाटै लागेको गम्भीर आरोपको मंगलबार जवाफ दिएका छन् । उनले मतियार र विचौलियासँग कहिल्यै सम्झौता नगर्ने दाबी गरेका छन् ।मन्त्री पाण्डेले इमान्दार भएर काम गर्न खोज्नेलाई स्वार्थ समूहका कारण घेराबन्दीमा पार्न खोजेको दाबी गरे । ‘पहिला राजनीति गर्ने व्यक्ति बलियो हुनुहुन्थ्यो । अहिले स्वार्थ समूहका शक्तिाशाली भएको देखिरहेको छु’, उनले कांग्रेस सांसद बजागाईंको आरोपबारे भने, ‘मैले तीन-चार महिनाको अवधिमा निष्ठापूर्वक काम गरिहँदा केही स्वार्थ समूहका मतियारले मलाई मानमर्दन गर्ने, मेरो मनोबल र आत्मबलाई गिराउने काम गरिरहेका छन् ।’

उनले त्यसक्रममा पशुपति नाथको मन्दिरलाई पनि साक्षी राखे । ‘म पशुपतिनाथको मन्दिरअगाडि प्रतिज्ञा गरेर भन्न सक्छु, करोड खाएको कुरा विचौलियाका मतियारले आरोप लागएका छन् , कारोड त के कौडी खाएको खाएको पुष्टि गरेको दिन म पशुपतिको ढोका अगाडि आएर मेरो राजनीतिक जीवन परित्याग गर्ने प्रतिज्ञा गर्न चाहान्छु’, उनले बजागाईंको आरोपबारे भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *