२९ कात्तिक, काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित साँखु–थली सडक खण्डमा झाँक्री प्रकाश भुजेलको गाडीको ठक्करबाट मोटरसाइकल चालक कागेश्वरी मनोहरा २ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको छ । बा १९ च २६९५ नम्बरको भुजेलेको गाडीले ब्रम्हखेल पुलनजिक मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए ।
घाइतेमध्ये कागेश्वरी मनोहरा २ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ भने नगरकोटीकी श्रीमती ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन् । उनी मोटससाईकलको पछाडी सवार थिइन् अहिले उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर र भेन्टिलेटरमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
मृतक नगकोटी कागेश्वरी मनोहरा २ आलापोट नेकपा माओवादी केन्द्रका सचिव हुन् । दुर्घटनामा उनलाई टाउको, पेट र घुँडामा गम्भीर चोट लागेको थियो । दुर्घटना पछी फरार भएको झाँक्री प्रकाश भुजेलले साँझ प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । हाल उनी प्रहरी वृत्त बौद्धको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।