दार्चुला जीप दुर्घटना: आठ जनाको मृत्यु, पाँच घाइते

सेयर गर्नुहोस्

३० कात्तिक, धनगढी । बिहीबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका-६ को बकजेबलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्‍याइएका थप दुई जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक९एसपी० राजीव बस्नेतले सबै मृतकको सनाखत भएको जानकारी दिए ।

उनकाअनुसार मृतक मध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन् । दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका-८ पस्तीका ३० वर्षीय सुनिल जोशी सहितका ५ जना घाइते छन् । बिहीबार बिहान ४ बजेतिर मालिकार्जुन धामबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *