रूपन्देहीमा लामिछानेको बयान सकियो ,आजै पोखरा पठाइने

सेयर गर्नुहोस्

२९ कार्तिक,काठमाडौं– रास्वपा सभापति रवि लामिछानेको रूपन्देहीमा ३ दिनको बयान सकिएको छ । मंगलबार रुपन्देही लगिएका लामिछानेसँग बुधबार साढे ८ घण्टा लामो बयान लिइएको थियो । तर, बयान नसकिएकाले आज बिहान १० बजेदेखि फेरि लामिछानेसँग बयान लिइएको हो ।पहिलो दिन मौखिक प्रश्नको जवाफ र दोस्रो र तेस्रो दिन ७० भन्दा बढी लिखित प्रश्नको जवाफमा उनले सहकारी ठगीमा संलग्नता अस्वीकार गरेका छन् । उनलाई आजै पोखरा पठाइने भएको छ ।

गोर्खा मिडिया नेटवर्क मार्फत सुप्रिम सहकारीको रकम अपचलन गरेको सम्बन्धमा जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा उनको बयान लिइएको हो ।जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितसहित अनुसन्धान अधिकृतहरूले लामिछानेको बयान लिएका हुन् । लामिछानेले मंगलबार, बुधबारको जस्तै आजको बयानमा पनि इनकारी बयान दिएका हुन् ।

अनुसन्धानकै क्रममा प्रहरीले गत वैशाखमा सहकारीका संरक्षक तथा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीवी राई, सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ, सचिव दिपेश पुन,सहकारीका व्यवस्थापक सागर केशी लगायतका २८ जना विरुद्ध सरकारी वकिलको कार्यालय मार्फत मुद्दा दायर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *