डडेलधुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

सेयर गर्नुहोस्

४ मंसिर,काठमाडौं-डडेलधुरामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आइरहेको जिप लिप्नामा दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार जिल्लाको परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा जीप दुर्घटना २ महिलाको मृत्यु भएको हो। महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु १ ज ४५७९ नम्बरको जिप सडकबाट ३० मिटर तल खसेको हो। दुर्घटनामा ७ जना घाइते भएका छन्।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि धनगढी लगिएको छ। घटनाको विवरण आउन बाँकी छ। मृतक दुवै महिला रहेको स्थानीयले जनाए। मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *