चितवन राइनोजको जर्सी सार्वजनिक

सेयर गर्नुहोस्

४ मंसिर काठमाडौं- चितवन राइनोजले नेपाल प्रियिमर लिग (एनपीएल) मा प्रयोग गर्ने जर्सी सार्वजनिक गरेको छ ।मंगलबार चितवनको भरतपुरमा आयोजित कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले टिमको जर्सी सार्वजनिक गरिन् ।

उक्त अवसरमा उनले चितवन राइनोजको मस्कट र टिम एन्थम पनि सार्वजनिक गरेकी थिइन्। । मेयर दाहालले भरतपुर महानगरपालिका राष्ट्रिय खेलाडी उत्पादन गर्न लागि परेको बताइन् ।उनले राष्ट्रिय खेलाडी उत्पादनको लागि महानगरपालिकाले विद्यालयस्तरीय लिग क्रिकेट, फुटबल लगायत खेलकूद गर्दै आएको बताइन् ।उनले प्रिमियर लिगमा चितवन राइनोजको भूमिका सशक्त रहनेमा आफू विश्वस्त रहेको बताएकी छन् ।

चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले एनपीएलले स्थानीय क्रिकेट खेलाडीलाई अवसर प्रदान गरेको बताए । उनले यसबाट युवा खेलाडीको क्षमता बढाउन राम्रो अवसर मिलेको पनि बताएका छन् ।नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो संस्करणको एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *