रवि लामिछानेलाई आज काठमाडौं ल्याइने

सेयर गर्नुहोस्

१३ मंसिर,काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज काठमाडौं ल्याइने भएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम अपचलनका विषयमा बयान लिन उनलाई काठमाडौं ल्याउन लागिएको हो । उनलाई हवाईमार्गबाट काठमाडौं ल्याइनेछ । आज बेलुका उनलाई यहाँ ल्याउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले जानकारी गराएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा अनुसन्धानका क्रममा उनी हिरासतमा छन् । गएको कात्तिक २ गते उनलाई काठमाडौंस्थित रास्वपा केन्द्रीय कार्यालयबाट पक्राउ गरिएको थियो । लामिछानेलाई सुप्रिम सहकारीको रकम अचपचलनका विषयमा बयान लिन यसअघि बुटवल पनि लगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *