१३ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यही मंसिर १५ अर्थात आउने शनिवारदेखि नेपाल प्रिमियर लिग एनपीएल सुरु हुँदैछ । जसमा ८ टिमको सहभागिता हुनेछन । अहिले नेपाली क्रिकेट खेलाडी देखि सारा समर्थक एनपीएलको प्रतिक्षामा छन् । तर एनपीएलमा सहभागिमध्ये केही खेलाडीहरुे भने एसीसी यू-१९ एसिया कप खेल्न हाल युएईमा छ । नेपालमा अहिलेसम्मकै ठूलो क्रिकेट लिग हुन लाग्दा अन्य युवा खेलाडी भने यतिबेला यू १९ एसिया कपमा उत्कृष्ट नजिता ल्याउने लक्ष्यमा छन् । यू-१९ टोलीमा एनपीएलका लागि विभिन्न टोलीमा छनोट भएका ७ खेलाडी छन् ।
यी सात खेलाडीले एनपीएलको प्रारम्भिक खेल गुमाउनेछन् । जसमा हेमन्तसँगै जनकपुरका आकाश त्रिपाठी छन् । यस्तै उपकप्तान अर्जनु कुमाल र नरेन साउदी सुदूरपश्चिम रोएल्स, नरेन भट्ट विराटनगर किंग्स, रन्जित कुमार चितवन राइनोज र युनिस विक्र ठकुरी कर्णाली याक्समा अनुबन्ध छन् । क्यानले सहभागि फ्रेन्चाइजहरुसँग छलफल गरेर यू१९ एसिया कपबाट फर्केर आएपछि फ्रेन्चाइजमा फेरि सामेल हुने सहमति अनुसार ती खेलाडीलाई यू१९ टिममा राखेको छ ।