बुझ्दै नबुझी बिआरआई सम्झौताबारे टिप्पणी नगरौँः परराष्ट्रमन्त्री राणा

सेयर गर्नुहोस्

२३ मंसिर, काठमाडौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बिआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिएका छन् । इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो टिप्पणी गरेका हुन । उनले सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै निर्णय नभएको जिकिर गर्दै सम्झौताबारे बुझ्दै नबुझि टिप्पणी गरेको बताए । उनले ऋण लिने÷दिने व्यवहार लिने पक्षको मञ्जुरी र आग्रहमा हुने भएकाले ऋण सम्झौता हस्ताक्षर गरियो भन्नु बचपना भएको आरोप लगाए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *