इराक—इरान—सिरियाली विदेशमन्त्रीबीच सिरिया द्वन्द्वबारे छलफल

सेयर गर्नुहोस्

२३ मंसिर । इराकी विदेशमन्त्री फुआद हुसेनले बगदादमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र सिरियाली विदेश मामिला तथा प्रवासी मन्त्री बसम सब्बागसँग त्रिपक्षीय बैठक भएको छ। भेटपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा तीन मन्त्रीले सिरियाको गम्भीर अवस्थाले आफ्ना जनता र सम्पूर्ण क्षेत्रको सुरक्षामा खतरा रहेको उल्लेख गर्दै तीन देशमा सिरियाको गम्भीर अवस्थाको प्रभावबारे चासो साझा गरेको बताएको छ । विज्ञप्तिमा सबै प्रकारका आतंकवादका साथै सिरिया, गाजा र लेबनानमा जारी इजरायली आक्रमणको निन्दा गरिएको छ । यसले सिरियाको सार्वभौमसत्ता, स्वतन्त्रता, एकता र क्षेत्रीय अखण्डताको सम्मानमा पनि जोड दिएको छ । बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा हुसेनले सिरियाको सुरक्षा क्षेत्रको सुरक्षासँग जोडिएको बताउँदै मन्त्रीस्तरमा अरब लिगको तत्काल बैठक बोलाउने र त्यसमा पुग्न सबै कुटनीतिक माध्यम प्रयोग गर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *