एकले अर्कोको बिरोध गरेर देश निर्माणको अभिभारा पूरा हुँदैनः अर्थमन्त्री पौडेल

सेयर गर्नुहोस्

२३ मंसिर, काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायी र सरकारका बीचको सम्बन्ध नङ र मासुको जस्तो हुनुपर्ने बताएका छन् । शनिवार काठमाडौंमा विकास बजेटको परिचालनः सरकार र निजी क्षेत्रको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनेले एकले अर्कोको बिरोध गरेर देश निर्माणको अभिभारा पूरा नहुने बताएका हुन् । । उानले सरकार र निर्माण व्यवसायीहरुका बीचमा हामीले कस्तो सम्बन्ध चाहेको हो रु भन्दै प्रश्न गरे । उनले एकले अर्काको बिरोध गरेर देश निर्माणको अभिभारा पूरा हुन नसक्ने बताए । उनले निर्माण व्यवसायी र सरकारबीचको साझा अभिभारा देश निर्माण भएको बताए । सरकार र निर्माण व्यवसायी बीचको सम्बन्ध ट्रयाक भन्दा बाहिर जान दिनु नहुने बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *