२४ मंसिर,काठमाडौं- नेपाली कांग्रेसले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझादारी भएको बताएको छ । सोमबार देउवा निवास बुढानिलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकमा प्रधानमन्त्री चीन जाँदा भएको दुई पक्षीय समझदारीका बारेमा छलफल भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी गराएका छन ।
पार्टीले अनुदान स्वीकार गर्ने तर ऋण स्वीकार नगर्ने कार्यसम्पादन समितिले यस अघि नै निर्णय गरे अनुसार समझदारी भएको महतले दाबी गरे । कांग्रेसको भनाइ अनुसार नै सरकारले चीनमा आफ्ना धारणा प्रस्तुत गरेको महतले बताएका छन ।बिआरआई फ्रेमवर्कअन्तर्गत १० परियोजना सूचीकृत भएकाले जुनमा अनुदान दिन चीन तयार हुन्छ त्यो परियोजना सम्झौता मात्रै अघि बढ्ने र ऋण नलिने महतले बताए ।
ऋण लिएर बनाएका परियोजना फलदायी नभएकोले ऋण लिन सक्ने अवस्था नरहेको पनि उनले बताएका छन्। नेपालले ऋण लिँदैन भन्ने कुरा चीनले पनि बुझिसकेको महतको भनाइ छ।परियोजनाहरुमा सम्झौता गर्दा अनुदानका आधारबाट अघि बढ्ने महतले बताए । शर्त सहितका ऋण लिँदा परियोजना सकिएपछि पनि ऋण तिर्न नसकिने अवस्था हुने महतले बताए । ‘पोखरा विमानस्थलको अत्यन्त नराम्रो हाम्रो अनुभवले शर्त सहितका ऋण लिएर बनाएका परियोजनाले प्रतिफल नआउने सुनिश्चित भइसकेको महतले दाबि गरे । ऋणको बोझ धेरै भएकाले अहिले नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको डा.महतले बताए ।’