काठमाडौंका विभिन्न स्थानमा बुधबारदेखि पुस ५ गतेसम्म दैनिक चार घन्टा  विद्युत अवरूद्ध हुने

सेयर गर्नुहोस्

२६ मंसिर काठमाडौं-काठमाडौंका विभिन्न स्थानमा बुधबारदेखि पुस ५ गतेसम्म दैनिक चार घन्टा  विद्युत अवरूद्ध हुने भएको छ।बुधबार विद्युत प्राधिकरणले सूचना निकालेर फरक फरक दिनमा छुट्टाछुट्टै फिडरहरू  बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सटडाउन गरिने भएकाले ती फिडरअन्तर्गतका क्षेत्रहरुमा विद्युत अवरूद्ध हुने जनाइएको छ।

प्राधिकरणका अनुसार आज (बुधबार) कीर्तिपुरको रोपवे फिडर सट डाउन गरिनेछ। त्यसले बल्खु करिडोर क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ।बिहीबार मच्छेगाउँ फिडर अन्तर्गतका भत्केकपाटीदेखि राराहिल चोक क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ।शुक्रबार रोपवे फिडरको कीर्तिपुर रिङरोड क्षेत्र र शनिबार बाफल फिडर अन्तर्गतका स्वयम्भू क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ।

पुस १ गते  कीर्तिपुरकै रोपवे फिडर अन्तर्गतका कीर्तिपुर रिङरोड क्षेत्र र खसीबजार क्षेत्र, पुस २ गते मच्छेगाउँ फिडर अन्तर्गत राराहिल चोकदेखि ढाल्पा चोक, पुस ३ गते रोपवे फिडरकै मेत्रीनगर इशानेश्वर मन्दीर क्षेत्र, पुस ४ गते बाफल फिडर अन्तर्गत स्वयम्भू क्षेत्र र पुस ५ गते शंखमुलको दोभान पुल क्षेत्रमा विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।ती क्षेत्रमा विद्युती तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउनमा गर्न लागिएको हो।

मौसम प्रतिकूल रहे सटडाउन नहुने पनि प्राधिकरणले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *