२६ मंसिर,काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज बाराबाट काठमाडौं ल्याइँदैछ ।
वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको रकम हिनामिना गरेको प्रकरणमा लामिछानेको बयान मंगलबार सकिएपछि आज सिमरा विमानस्थलबाट काठमाडौं ल्याउन लागिएको हो ।उनलाई अहिले केही बेरमा बुद्ध एयरबाट काठमाडौं ल्याएर पोखरा लगिनेछ ।
वीरगञ्जको बयान सकिएसँगै लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । अब प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ । लामिछानेसँग ५ ओटा सहकारीको बचत रकम अपचलनमा फरक फरक बयान सकिएको छ ।