रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सेयर गर्नुहोस्

२७ मंसिर, पोखरा । राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत, कास्कीले पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी गत कार्तिक २ गते काठमाडौँबाट पक्राउ परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *