नेपालबाट थाईल्याण्ड जान चाहनेहरुलाई खुसिको खबर, आगामी जनवरी १ देखी भिसामा सहज

सेयर गर्नुहोस्

२९ मंसिर, काठमाडौ । ‘आउटबाउण्ड टुरिजम (विदेश भ्रमण)’मा नेपालीहरुबीच लोकप्रिय मानिने गन्तव्य थाइल्याण्डको भ्रमणमा नेपालबाट आवेदन दिइने थाई भिसा आवेदन प्रक्रिया परिवर्तन भएको छ ।बिगतमा थाईल्याण्ड को भिसा पाउनको लागी स्वयम ब्यक्ति नै भि एफ एस जान पथ्र्यो भने अहिले परिमार्जन गरेर थाईल्याण्ड को भिसा पाउनका लागि अनलाइन इ-भिसा प्लेटफर्म मार्फत आफ्नो आवेदन दिन सकिने भएको हो । यससंगै आगामी जनवरी १ देखी अब थाईल्याण्ड भिसा पाउनको लागी नेपालिहरुलाई सहज हुने भएको छ । रोयल थाई एम्बेसी काठमाडौँले एक विग्प्ती जारी गर्दै नयाँ अनलाइन ई-भिसा प्लेटफर्ममा आवेदन दिनुपर्ने सुचना निकालेको हो । ई-भिसा प्लेटफर्मको सुरुवात सँगै अब आवेदकले आफ्ना पासपोर्ट र अन्य कागजातहरू व्यक्तिगत रूपमा पेश गर्नुपर्ने छैन अनलाइनबाट पेश गर्न सकिने छ यद्यपि, अनलाइन भुक्तानी सेवा उपलब्ध नहुने भएकाले भिसा आवेदन शुल्क काठमाडौँ उपत्यकामा रहेको कुनै पनि ग्लोबल आइएमई बैंकको शाखामा जम्मा गर्नुपर्ने रोयल थाई एम्बेसीले उल्लेख गरेको छ । यस अघि भिएफस मार्फत भिसा आबेदन दिदा दिनुपर्ने अतिरिक्त शुल्क तिर्नुपर्ने हुन्थ्यो तर अब नयाँ अनलाइन ई९भिसा प्लेटफर्ममा मार्फत आवेदन दिने नया नियम आएसंगै कुनै पनि शुल्क दिन नपर्ने भएको छ । जसले गर्दा नेपालीका लागि थाइल्याण्ड जान अझ सहज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *