११ पुष ,काठमाडौं-सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका रवि लामिछानेको बयान जारी रहेको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा उनको बयान जारी रहेको हो ।
गत कार्तिक २ गते पक्राउ परेका लामिछानेसहित ५१ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अभियोगपत्र दायर गरेसँगै प्रतिवादीहरुको बयान सुरु भएको हो । प्रतिवादीहरुमध्ये छविलाल जोशी र लिला पछाईँको बयान सकिइसकेको छ ।
प्रतिवादीहरुको बयान सकिएसँगै उनीहरुको थुनछेक बहस हुनेछ । थुनथेक बहसबाट लामिछानेसहितका प्रतिवादीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्नेकी धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने टुङ्गो लाग्ने छ ।