नयाँ पार्टी खोल्ने तयारी भिम रावल

सेयर गर्नुहोस्

११ पौष,काठमाडौं । नेकपा एमालेबाट निष्कासित भीम रावलले नयाँ पार्टी खोल्ने तयारी थालेका छन् । उनीनिकट स्रोतका अनुसार केही दिनभित्रै रावलले पत्रकार सम्मेलन गर्ने र ‘पत्रकार सम्मेलनमा केपी ओलीले गरेको निर्णयबारे आफ्नो कुरा राखेर  त्यसपछि देशब्यापी अभियानमा निस्कने योजना छ रहेको छ ।देश दौडाहाको मुख्य उद्देश्य नै नयाँ पार्टी बनाउनु रहने स्रोतको भनाइ छ ।

‘भीम रावल चलनचल्तीका कुनै पनि पार्टी प्रवेश नगर्ने  आफ्नो विचार, सिद्धान्त बोकेर अघि बढ्ने रावल निकट स्रोतले बताएको छ। पूर्व पार्टी उपाध्यक्षसमेत रहेका रावललाई बुधबार एमालेको सचिवालय बैठकले संगठित सदस्यसमेतबाट हटाउने निर्णय गरेको थियो।२०७९ को मंसिरमा चितवनमा सम्पन्न भएको एमालेको दसौं महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल अध्यक्षमा पराजित भएका थिए।

त्यसपछि उनी एमालेमा सक्रिय हुने वातावरण बनेको थिएन। यसबीचमा एमालेले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा रावलसँग संवाद गर्न एमालेले तीन सदस्यीय समिति बनायो। सचिव लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति बनाइए पनि एकपटक छलफल गर्नेबाहेक त्यसले काम गर्न सकेन।

२०८० साउन ३० गते अध्यक्ष केपी शर्मा ओलीले रावलसँग संवाद गरेका थिए। पार्टी कार्यालय च्यासलमा भएको त्यो भेटले रावल एमालेमा फर्किएर काम गर्ने वातावरण बनाएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *