लाजिम्पाट रड प्रहार प्रकरण : दीपक मनाङेका तत्कालीन स्वकीयसचिव टिका भण्डारी पक्राउ

सेयर गर्नुहोस्

१४ पौष,काठमाडौं । कात्तिक ११ गते लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा व्यवसायी विक्रम लामामाथि रड आक्रमण घटनामा संलग्न रहेको भन्दै दीपक मनाङेका तत्कालीन स्वकीय सचिव टिका भण्डारी पक्राउ परेका छन् । लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा व्यवसायी विक्रम लामामाथि लक्ष्मि राईको योजनामा रड आक्रमण घटनामा दीपक मनाङेका तत्कालीन स्वकीय सचिव टिका भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । शनिबार साँझ भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । मनाङे मन्त्री हुँदा सिन्धुली घर भएका भण्डारी स्वकीय सचिव थिए। लामामाथि रड प्रहार घटनामा भण्डारीको कनेक्सन देखिएपछि पक्राउ गरिएको परिसर स्रोतले बताएको छ। यसअघि विक्रम लामामाथि आक्रमण गर्न आपराधिक समूह परिचालन भएको प्रहरीले निष्कर्ष निकालेको थियो । सोही घटनामा संलग्न भएको आरोपमा जेलबाट छुटेका मार्शल भनिने शैलेन्द्र तामाङमाथि प्रहरीले पुनः अनुसन्धान अघि बढाएको थियो। कात्तिक ११ गते दिउँसो नुवाकोटको ककनी गाउँपालिका–६ का ३५ वर्षीय घरजग्गा व्यवसायी विक्रम लामामाथि आक्रमण भएको थियो ।

चार जनाको समूहले इनोभा अस्पतालको पार्किङमा उनीमाथि मार्ने उद्देश्यसहित आक्रमण गरेको थियो । टाउको, शरीर, हात र खुट्टामा गम्भीर चोट लागेका उनको चार दिनपछि मात्रै होस खुलेको थियो। प्रहरीका अनुसार बेलायतमा बस्दै आएकी लक्ष्मी राईको योजनामा मनांङेले लामामाथि सांघातिक हमला गर्न लगाएका थिए। जिल्ला अदालत काठमाडौंले लक्ष्मी राई र धादिङका रमेश सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *