१४ पौष, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेको पुर्व-उपाध्यक्ष तथा निष्काष्ति नेता डा. भिम रावल लामो समय पार्टी र सरकारमा संगै सहकार्य गर्दै आईरहेको नेता हुन् । यि दुबै नेताहरुकोे राजनिति जिवनपनि संगै सुरुवात गरेको हुन । झापा बिद्रोहबाट पुर्णकालिन राजनितिमा आएका हालका प्रधानमन्त्री केपी शर्मा ओली र पञ्चायत फाल्न बिद्यार्थी आन्दोलन गर्दै पुर्णकालिन राजनितिमा प्रबेश गरेको नेता हुन डा. भिम रावल । तत्कालिन अवस्थामा झापा आन्दोलनमा पटक पटक पक्राउ परेका प्रधानमन्त्री ओली र पञ्चायत बिरुद्ध आन्दोलन गर्दा पक्राउ परेका नेता रावलेको पहिलो भेट नै जेलमा भएको थियो । पञ्चायत बिरुद्ध जेलबस्दा एकअर्कालाई चिनेका ओली र रावल पार्टीका हरेक परिस्थितिमा संगै देखिदा धेरैपटक सत्ता यात्रा पनि संगै गरे । पार्टीभित्र एउटै गुटबाट पनि धेरै समय राजनिति गरे । दुबै नेताहरु नेतृत्वमा नपुग्दा सम्म एकअर्का बिचको सम्बन्ध राम्रो थियो । २०६५ सालको आठौ महाधिबेशनमा एकै गुटबाट अध्यक्ष र उपाध्यक्षको उम्मेद्धार रहेका ओली र रावल दुबै पराजित हुन पुगे । त्यसबेला सम्म पनि दुबैको सम्बन्ध राम्रो थियो ।
२०६६ सालमा माधब नेपाल नेतृत्वको सरकारमा ओलीकै पहलमा भिम रावलले गृहमन्त्री बन्ने अवसर पाए । माधबसंगै सरकारमा रहेको रावल ओली गुट छाडेर माधब नेपाल तिर लागे । त्यसपछी २०७१ को महाधिबेशनमा भिम रावल माधब नेपालको गुटबाट सर्बाधि मत ल्याउदै उपाध्यक्ष चुनिए भने केपी शर्मा आली माधब नेपाललाई पराजित गर्दै अध्यक्षमा चुनिए । दुबै नेताहरु फरक गुटबाट निर्बाचित भएपनी त्यसबेला सम्बन्ध राम्रै थियो । २०७२ को संबिधान जारी भएपश्चात अध्यक्ष ओली प्रधानमन्त्री बने भने उपप्रधान सहित रक्षा मन्त्री बने भिम रावल । ओली प्रधानमन्त्री बनेपछी भारतले नाकाबन्दी गर्यो र यसको सामना दुबै नेताहरुले डटेर गरे । त्यस पश्चात झनै यि दुबै नेताहरुको सम्बन्ध प्रगाढ बनेको थियो । तर यि दुबै नेताहरुको सम्बन्ध धेरै समय टिक्न सकेन ।
२०७४ साल फागुनमा एमाले र माओबादीबिच पार्टी एकता हुने भयो त्यस समयमा नेकापा एमालेमा सबैभन्दा धेरै भोट ल्याएर निर्बाचित उपाध्यक्ष भिम रावल भने सचिबालय टिममा समेटिएनन् । ओली नेतृत्वको कुनै पनि सरकारमा रावल नसमेटिएपछी यि दुई नेता बिचको सम्बन्धमा दरार आउन थाल्यो । त्यसपछी नेकपा एमाले र नेकपा माओबादी मिलेर बनेको नेकपाको अध्यक्षबाट केपी ओलीलाई हटाउनुपर्ने पक्षमा रावल उभिए साथै प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाएर नेपाली काग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा समेत रावलले हस्ताक्षर गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेको समयमा उनेका सबै भन्दा धेरै आलोचना गर्ने नेता नै भिम रावल थिए । तर सर्बेच्च अदालतले नेकपाको एकता भंग गर्दै एमाले र माओबादीलाई पहिलेकै अवस्थामा फर्कायो । त्यसपछी पनि भिम रावलले तत्कालिन एमालेको अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री कुन पार्टीको हुनुहुन्छ भन्दै प्रश्न गर्दै आलोचना गरे । त्यसपछि रावलसंग ओली झन चिढिए । फलत ः ओलीको हरेक गतिबिधिमा ओलोचना गर्नेे रावलको सुदुरपश्चिम ईन्चार्ज खोसिदिएर तत्कालिन माओबादी बाट एमालेमा आएका लेखराज भट्टलाई सुम्पिदिए । त्यसपछी रावल ओलीसंग झनै रुष्ट भए । नेकपा एमालेको दशौ महाधिबेशनमा एमालेको सर्बसम्मत अध्यक्ष हुने ओलीको चाहना रावलकै कारण पुरा हुन सकेन । त्यसपछी ओली र रावल बिचको सम्बन्धमा झनै दरार आउन थाल्यो । रावलमाथी उनले एमालेमा निषेधको राजनित सुरु गर्न थाले । २०७९ को संघिए चुनाबमा जिल्ला र प्रदेशबाट सर्बसम्मत सिफारिस हुँदापनि ओली ले रावललाई सांसदको टिकट दिएनन् । त्यसपछी रावल थप आलीको तिरस्कारमा परे । नेकपा एमालेको कुनैपनि गतिबिधिमा संलग्न नभएको रावललाई अन्तत ओलीले बिभिन्न कारणहरु देखाउदै उनलाई पार्टीबाटै साधारण सदस्यसमेत नरहनेगरी निकालिदिए । भिम रावललाई पार्टीबाट निष्काषन गरेसंगै लोकतन्त्रमा फरक बिचार राख्न र नेतृत्वको आलोचना गर्नै नहुने ओलीको यो कदमलाई लिएर यतिबेला लोकतन्त्रमाथी नै बिभिन्न प्रश्नहरु उठिरहेका छन् । यस प्रति नेकपा एमाले र सिंगो राजनितिक दलनै सचेत हुन जरुरी छ ।