चिन भुकम्प अपडेट : ज्यान गुमाउनेको संख्या १२६ पुग्यो

सेयर गर्नुहोस्

२४ पुस, काठमाडौं । चीनको तिब्बत क्षेत्रमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । ७ म्याग्निच्युडको भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन् । भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी छ । नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा गएको भूकम्पले नेपाल, भारत र बंगलादेशमा पनि धक्का महसुस भएको थियो । भूकम्पका कारण सिगात्सेमा मात्रै एक हजार बढी घरहरु भत्किएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा बिजुली र पानी आपूर्ति प्रभावित भएको थियो । राष्ट्रपति सी जिनपिङले खोज, उद्धार र राहत वितरणका लागि पूर्णरुपमा परिचालित हुन र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । सीले भनेका छन्, ‘भूकम्पको निगरानी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन, आपत्कालीन उद्धार सामग्री तत्काल पठाउन, क्षतिग्रस्त पूर्वाधारको मर्मत कार्य छिटो सम्पन्न गर्न, प्रभावितहरूको आधारभूत आवश्यकता पूरा गर्न र सबैलाई सुरक्षित बास र न्याना कपडा सुनिश्चित गर्न आवश्यक छ ।’ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *