लेखा समिति सभापति पोखरेलकी श्रीमती अञ्जलालाई १० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सेयर गर्नुहोस्

२४ पौष, विराटनगर । संसदको सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। मोरङको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा जिल्ला अदालत मोरङले २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि फरार रहेकी कोइराला बुधबार अदालत उपस्थित भएकी थिइन्।

उनलाई थुनछेक बहसपछि जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। पुस २ गते कोइरालासहित रंगेली नगरपालिका- २ का अध्यक्ष तथा सहकारीका पूर्वउपाध्यक्ष सन्तलाल खवास, सहकारीका अध्यक्ष श्याम रौनियारसहित २५ जनाविरुद्ध पक्राउको अनुमति भएको थियो। अञ्जला उमागौरी सहकारीकी पूर्वसञ्चालक हुन्। उनले २०७८ माघ ५ गते सहकारीबाट राजीनामा दिएकी थिइन्। उक्त सहकारीबाट २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *