सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस सकियो ;आजै आदेश आउने उच्च सम्भावना

सेयर गर्नुहोस्

२५पुस,काठमाडौं- सूर्यदर्शन सहकारी ठगी मुद्दामा ७ जना प्रतिवादीको थुनछेक बहस सकिएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सातै प्रतिवादीमाथिको सरकारी वकिलको जवाफी बहस सकिएको हो ।जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले र उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता गोविन्द गौलीले जवाफी बहस गरेका हुन् । अब प्रतिवादीलाई आफ्ना कुरा राख्न समय दिइने भएको छ ।

रविसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाईं, रामबहादुर गुरुङ, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ र कृष्णबहादुर गुरुङमाथी थुनछेक बहस भएको हो ।यो मुद्दाको आजै आदेश आउने सम्भावना रहेकोले सुरक्षा व्यवस्था निकै कडा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *