२५ पौष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमुक्त भएका छन्। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका लामिछाने ८४ दिनपछि हिरासतमुक्त भएका हुन्। सहकारी ठगीसँगै उनीमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत कास्की जिल्ला अदालतमा मुद्दा चलेको थियो। कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले बिहीबार लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अदालतको आदेशअनुसार ६५ लाख रूपैयाँ धरौटी बुझाएर उनी बिहीबार राति हिरासतमुक्त भएका हुन्।